बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीसँग ठोक्किएपछि इन्डोनेसियाका गोलकिपरको मृत्यु (भिडियो)

सोमबार, ३० असोज २०७४, १० : २५
सोमबार, ३० असोज २०७४

जकार्ता । इन्डोनेसियाको पहिलो डिभिजन अन्तर्गत भएको खेलमा आफ्नै टोलीका खेलाडीसँग ठोक्किएपछि एक गोलकिपरको मृत्यु भएको छ ।

आइतबारको खेलमा ३८ वर्षीय चोइरुल हुडा मैदानमा ढलेपछि उनलाई अस्पताल लगिएको थियो । तर, अस्पतल पुर्याइएको केही बेरमा नै उनलाई मृत घोषित गरिएको थियो ।

उनी आबद्ध क्लब पर्सेला एफसीले जारी गरेको विज्ञप्तिमा डाक्टरले हुडाको छाती र चिउँडोमा चोट लागेको बताएको उल्लेख छ ।

डा. सोइगिरी लमोन्गान अस्पतालका डा युद्धिस्टिरो एन्ड्री नुग्रहोका अनुसार खेलाडीसँग ठोक्किएपछि हुडाको श्वासप्रश्वास बन्द भएको र त्यसको कारण हृदयघात भएको बताए ।

हुडालाई चोट लागेपनि खेल जारी राखिएको थियो । उक्त खेल पर्सेलाले सेमेन पाडाङलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

उनको मृत्युको खबरपछि क्लबका समर्थकहरुले उनको स्मृतिमा द्वीपप्रज्वलन गरेका थिए ।

हुडाले उक्त क्लबबाट ५ सयभन्दा बढी खेल खेलेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप