शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र हङकङबीचको खेल रद्द, दुवै टोलीले अंक बाँड्ने

सोमबार, ३० असोज २०७४, ०९ : ५३
सोमबार, ३० असोज २०७४

काठमाडौँ । समुद्री आँधीका कारण भएको भारी वर्षाका कारण आज हुने भनिएको नेपाल र हङकङवीचको खेल रद्द गरिएको छ ।

खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँड्ने भएका छन् ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तरगत नेपाल र हङकङबीचको खेल आइतबार हुने तय गरिएको थियो । तर, समुद्री आँधीका कारण हिजो हुने भनिएको

खेल आजका लागि सारिएको थियो ।

यद्यपि, आज पनि वर्षा भएपछि खेल रद्द गर्ने निर्णय गरिएको हो ।

पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

१२ खेलपछि नेपाल ९ अंकसहित छैटौँ स्थानमा सिमिति भएको छ । हङकङ भने १४ अंकसहित चौँथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप