शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गीता कपुरको सिउदोमा सिन्दुर ! फ्यानले गरे प्रश्न– सिन्दुर कसको नामको हो ?

सोमबार, ०३ जेठ २०७८, १४ : २९
सोमबार, ०३ जेठ २०७८

मुम्बई । चर्चित कोरियोग्राफर गीता कपुर बलिउडका अविवाहित सेलिब्रेटी मध्य एक हुन् । उनले अहिलेसम्म आफ्नो जीवनसाथी रोजेकी छैनन् । अहिले भने गीताको केही तस्बिर बाहिर आएको छ । जुन चर्चामा छ । तस्बिरमा गीताले सिउँदोमा सिन्दुर लगाएकी छन् । तस्बिरका कारण उनको विवाहको हल्ला फैलिएको छ ।

गीताले गोप्य रुपमा विवाह गरेको मानिसहरुको भनाई रहेको छ । रातो पहिरनमा देखिएकी गीताले रातो लिपस्टिक र रातै टिका लगाएकी छन् । रिंग र झुम्काको साथै उनको गलामा नेकलेस पनि देख्न सकिन्छ । उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फ्यान उनको तस्बिर देखेर प्रश्न गरिरहेका छन् ‘सिन्दुर कसको नामको हो ?  एक फ्यानले लेखेका छन्, ‘माको सिउँदोमा सिन्दुर ..माको विवाह कहिले भयो । अर्काे एकले लेखेका छन् सिन्दुर कसको नामको हो मा ।’
कामको कुरा गर्ने हो भने गीता डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ को जर्ज हुन् । उनले फिजा, अशोका, साथिया, हे बेबी, अलादीनलगायत थुप्रै फिल्ममा कोरियोग्राफी गरेकी छन् । उनलाई फ्यान प्रेमले गीता मा भनेर बोलाउने गर्दछन् ।

      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप