बालकृष्ण खाणद्वारा कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारबारे स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई द्रुतगतिमा विदेशबाट खोप आयातको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका छन्।
आइतबार टेलिफोन संवादको क्रममा नेता खाणले कोभिड–१९ विरुद्धको खोपबाट नेपाली नागरिक वञ्चित हुने अवस्था आउन नदिन यथाशीघ्र आवश्यक खोप आयातको व्यवस्था मिलाउन मन्त्री त्रिपाठीसँग आग्रह गरेको हुन् ।
खाणले जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज दिन नसकिएको भन्दै जेष्ठ नागरिकलाई यथाशक्य चाँडो दोस्रो खोप दिने व्यवस्था पनि मिलाउन आग्रह गरेका काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अक्सिजन अभावमा देशभर संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै उनले अक्सिजन सिलिन्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत नेता खाणले मन्त्री त्रिपाठीसँग अनुरोध गरेको काँग्रेसले जनाएको छ ।
जेठ २, २०७८ प्रेस नोट
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय बालकृष्ण खाणले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा आज टेलिफोन सम्पर्क गरी निम्न विषयहरुबारे विशेष ध्यानाकर्षण गराउनु भयो ।
१. सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षाको दायित्व सरकारको हो, तसर्थ कोभिड १९ रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकारले राज्यका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउनका लागि द्रुतगतिमा विदेशबाट खोप आयात गर्नु पर्नेबारेमा प्रमुख सचेतकले ध्यानाकर्षण गराउनु भयो ।
कुराकानीको क्रममा उहाँले कोही पनि नेपाली नागरिक खोपबाट बञ्चित हुने अवस्था नओस् र त्यसका लागि सरकारले यथाशीघ्र आवश्यक खोप आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गरियोस् भनि माग गर्नु भयो । जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोश्रो डोज दिन बाँकी रहेको र दोश्रो डोज दिने समय सीमा धेरै काम रहेकोले यथाशक्य चाडो दोश्रो खोप दिने व्यवस्था गरियोस् भन्ने विषयमा जोड दिनु भयो ।
२. त्यसै गरी प्रमुख सचेतकले देशभर अक्सिजनको अभावमा संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको बारे मन्त्रीलाई स्मरण गराउनु भयो । यसरी अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिन्डर आयात गर्ने देखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत सरकारलाई अनुरोध गर्नु भयो ।
३.हाल स्वास्थ्य सामग्री र उपकरणहरुको अभाव हुँदै गएको अवस्थाले गर्दा संक्रमित र अन्य रोगका विरामीहरुको समेत उपचारमा कठिनाई भइरहेको छ । यस विषयमा सरकार संवेदनशिल र जिम्मेवार हुनु पर्ने कुरामा प्रमुख सचेतकले जोड दिनु भयो । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्नु पर्ने बताउनु भयो ।
जय नेपाल ! विजयेन्द्र वीर आले अधिकृत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण