गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए ।
उनका अनुसार कोरोना संक्रमणबाट मुत्यु हुनेहरुमा सबैभन्दा बढी स्याङजाका रहेका छन् । पछिल्लो २४ घन्टामा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ २,नवलपरासीका २ सहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेका छन् ।
पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाका मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा १४ का ८४ वर्षीय पुरुष,मुस्ताङको मुक्तिनाथ १ का ३३ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा–१६ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
पोखरा ९ का ४२ वर्षीय पुरुष, स्याङ्जा वालिङ–१३ की ५६ वर्षीय महिला, तनहुँ घिरिङ –३ का ६४ वर्षीय पुरुष, वालिङ –८ का ६२ वर्षीय पुरुष, पोखरा –१५ का ८७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
यसैगरी पोखरा–१५ का ५६ वर्षीय पुरुष, बागलुङ कालिखोला–५ की ५० वर्षीय महिला, वालिङ–१३ का ५५ वर्षीय पुरुष, वालिङ –१ का ४९ वर्षीय महिला, पोखरा– १ की ४९ वर्षीया महिला, बागलुङ बडिगाड–४ की ५४ वर्षीया महिलाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ ।
गोरखा पालुङटारकी ६५ वर्षीया महिला, लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको पनि उपचारको क्रममा निधन भएको छ । यस्तै मृत्यु हुनेमा दाङ तुलसीपुर –६ का ५२ वर्षीय पुरुष, नवलपुर मध्यविन्दू –५ का ७० वर्षीया महिला, कावासोती –३ की ४३ वर्षीया महिला, बेनी –४ का ५९ वर्षीय पुरुष, तनहुँ व्यास –४ की महिला, व्यास –१३ का ९१ वर्षीय पुरुष, स्याङ्जा गल्याङ –४ का ८३ वर्षीय पुरुष, गल्याङ –४ का ८६ वर्षीय पुरुष र अर्जुनचौपारी –२ की ८० वर्षीया महिला छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ३८३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको सदस्यता शुल्क वार्षिक १ सय रुपैयाँ
-
एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता : महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
-
राष्ट्रव्यापी आन्दोलन नगरीकन राष्ट्रव्यापी पार्टी बनाउन सकिँदैन : घनश्याम भुसाल
-
महाकुम्भ आउने–जाने क्रममा ३ दुर्घटना, १४ जनाको मृत्यु
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’