शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली-नेपालबीच ‘वान टु वान’ वार्ता सुरु

आइतबार, ०२ जेठ २०७८, ०५ : ००
आइतबार, ०२ जेठ २०७८

पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । 

दुई नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने बताइएको छ । 
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा बसेका हुन् ।

गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लागेको छैन ।

नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो । ओली आफ्नो तर्फबाट कार्यदलमा रामबहादुर थापालाई समेत राख्ने तयारीमा छन् । तर माधव पक्षले थापालाई राख्न नहुने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप