शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीसीएमसीको बैठकले ओली-नेपाल भेटवार्ता पर धकेलियो

आइतबार, ०२ जेठ २०७८, ०५ : ००
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिँदा प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच १ बजे हुने भनेको भेटवार्ता पर धकेलिएको छ । 
अहिले सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीले सरकारको सम्पूर्ण शक्ति कोभिड १९ विरुद्धको लडाईं खर्चिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली यससँग सम्बन्धित बैठक र छलफलमा सहभागी बन्दै आएका छन् ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा थप निर्णयहरु गर्ने बुझिएको छ । 

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप