शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

आइतबार, ०२ जेठ २०७८, १३ : ३७
आइतबार, ०२ जेठ २०७८

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् । 
गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनका लागि आश्रयस्थलको खोजीमा भागेका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो संघर्ष समाप्त गर्न आव्हान गरिरहेको छ । शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासलाई फोन गरेर जारी हिंसाबारे चिन्ता प्रकट गरेका थिए । 

आइतबार अबेर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दैछ र यस बैठकमा दुई देशबीचको तनावका विषयमा छलफल हुनेछ । प्यालेस्टाइनी अधिकारीहरुका अनुसार गत सोमबार लडाइँ सुरु भएयता गाजामा ४१ बालबालिकासहित १ सय ४८ जनाभन्दा धेरै ज्यान गुमाइसकेका छन् । त्यसैगरी इजरायलमा १० जनाभन्दा धेरै ज्यान गुमाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप