शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३ अर्ब रुपैयाँ बराबरका धुलो दुध र बटर त्यसै थन्किए

आइतबार, ०२ जेठ २०७८, १३ : ३१
आइतबार, ०२ जेठ २०७८

 कोभिड–१९ को प्रभाव गत वर्षदेखि डेरी क्षेत्र पर्दा झण्डै ३ अर्ब रुपैयाँ बराबरको धुलो दुध र बटर त्यसै थन्किन पुगेको नेपाल डेरी एसोसिएसनले बताएको छ । 
कोभिड–१९ को पहिलो लहर गत वर्ष २०७६ चैत्र ११ गतेदेखि नै मुलुक लकडाउनमा जाँदा प्रभावित हुँदै आएको बजार थप पछिल्लो पटकको दोस्रो लहरले प्रभावित हुँदा यस्तो अवस्था आएको एसोसिएसनले बताएको छ ।

यस्तो अवस्थमा अहिले आर्थिक अभावकै कारण किसानहरुले दुध उत्पादन गर्न नसकिरहेको र डेरी उद्योगहरूले समेत चाहेको दुग्ध पदार्थ उत्पादन र बजारीकरणमा समस्या आएको डेरी एसोसिएसनले बताएको छ। 
आइतबार एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले यस्तो समस्याग्रस्त अवस्थामा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेको छ । 

सो अवसरमा कोभिड–१९ को दोस्रो लहर संक्रमणको उच्च जोखिमा समेत काममा खटिने डेरी क्षेत्रका संचालक, कर्मचारी कृषक सबैमा कोभिड विरुद्धको खोप जतिसक्दो चाँडो उपलब्ध गराउन समेत एसोसिएसनले सरकारसँग माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप