खाडीका श्रमिकले पठाएको ५६० वटा सिलिन्डिर एनआरएनले लगायो मन्त्रीको जिम्मा
काठमाडौं । खाडी मुलुकमा कार्यरत श्रमिकले पठाएको ५६६ वटा अक्सिजन सिलिन्डर गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले मन्त्री हृदयेश त्रिपाठीलाई सो अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
सो सिलिन्डरहरू सुदूरपश्चिममा १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा ८५ र गण्डकी प्रदेशमा ७५ वटा वितरण गरिने अध्यक्ष पन्तले रातोपाटीलाई जानकारी दिए । नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत थप सहायता पनि आउने बताइएको छ । एनआरएनएले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर समेत तत्कालै उपलब्ध गराउने बताइएको छ ।
नेपालमा अक्सिजनको चरम अभाव भएको खबरपछि खाडीमा सहयोग संकलन गरेर अक्सिजन सिलिन्डर खरिद गरिएको थियो भने शनिबार नेपाल एयरलाइन्सको जहाजमा स्वदेश ल्याइएको थियो । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो ।
उनका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैया बराबरको रहेको छ ।
ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको थियो । मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल ल्याउने अभियानमा विशेष पहलकदमी ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण