मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबारे १२२ नागरिक अगुवाको ध्यानाकर्षण

आइतबार, ०२ जेठ २०७८, १२ : ३७
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । नागरिक अगुवाहरुले कोरोना भाइरस (कोभिड १९) महामारीबाट मुलुकको अवस्था भयावह बन्दै गएको भन्दै सर्वसाधारणको जीवन रक्षा गर्न अपिल गरेका छन् ।  १२२ वटा नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार लगायत संवैधानिक निकायहरुको जवाफदेहिता माग गरेका हुन् । संयुक्त विज्ञप्तिमा कोभिड १९ को दोश्रो लहरबाट हजारौं नागरिकहरुका साथै नेपालमा बसोबास गर्ने व्यक्तिहरु आक्रान्त भैरहेको बताउँदै पछिल्लो परिस्थितिले सबैलाई शोकाकुल, निराश र हतास बनाएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘यस्तो गम्भीर स्वास्थ्य संकटको अवस्थामा नागरिकले एकातिर स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुन पाइरहेका छन् भने अर्कोतिर जीवनका लागि अत्यावश्यक अक्सिजनको अभावले गर्दा नागरिकको मृत्यु भैरहेको छ । यस्तो अवस्थामा सरकारको मुख्य दायित्व नागरिकलाई आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्नु हो ।’

विज्ञप्तिमा यस्तो गम्भिर संकटको अवस्थामा स्वास्थ्य सामाग्री आयातमा कमिसनका खेलहरु भैरहेका समाचार समेत बाहिर आएका र यस्ता गतिविधि गम्भीर प्रकृतिका मानवताविरोधी अपराध भएको जनाइएको छ । यस्तो गम्भीर स्वास्थ्य संकटको चुनौतीपूर्ण अवस्थामा नागरिकको जीवनरक्षाका लागि उत्तरदायी र जवाफदेही हुनु सरकारको पहिलो प्राथमिकता भएको कुरा विज्ञप्तिमा स्मरण गराइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप