शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा उपचाररत ४ जनाको मृत्यु

आइतबार, ०२ जेठ २०७८, १२ : १०
आइतबार, ०२ जेठ २०७८

मकवानपुरमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । 
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
। काफ्लेका अनुसार, शनिबार २ जना र आइतबार विहान २ जनाको उपचारका क्रममा हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सबै हेटौंडा उपमहानगरपालिका निवासी रहेका छन् । 
मृत्यु हुनेमा हेटौंडा–१४ की ७४ र ४८ बर्षीया महिला, हेटौंडा–८ की ६१ बर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ बर्षीय पुरुष रहेको डा. काफ्लेले बताए । 

मृतक सबै जनामा कोरोना संक्रमण पुष्टि भए लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेटौंडा अस्पतालको कोभिड उपचार कक्षको आइसियु कक्षमा भर्ना भएका थिए । 
योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा १९ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप