बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गत वर्ष ऋणात्मक रहेको सबै प्रदेशको आर्थिक वृद्धिदर यसपटक बढ्ने

आइतबार, ०२ जेठ २०७८, १० : ०१
आइतबार, ०२ जेठ २०७८

चालु आर्थिक वर्षको (२०७७/७८) आर्थिक वृद्धिदरमा बागमती प्रदेशको सबैभन्दा बढी योगदान हुने केन्द्रिय तथ्यांक विभागले प्रक्षेपण गरेको छ ।  विभागले चालु आर्थिक वर्षको प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जीडीपी) को प्रक्षेपण सार्वजनिक गर्दै बागमती प्रदेशको जीडीपी वृद्धिदर बढी हुने अनुमान गरेको हो । जीडीपीमा बागमती प्रदेशको १६ खर्ब ८ अर्ब रुपैयाँ बराबरको योगदान हुने विभागको प्रक्षेपण छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको जीडीपी वृद्धिदर सबैभन्दा बढी ४.७ र सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.४ प्रतिशत रहने प्रक्षेपण विभागको छ ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशको बाहेक सबै प्रदेशको जीडीपी वृद्धिदर ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षमा भने सबै प्रदेशको जीडीपी बढ्ने अनुमान गरिएको छ ।

वार्षिक राष्ट्रिय ग्राहस्थ उत्पादन उपभोक्ता मूल्यमा ४२ खर्ब ६६ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । जसमा सबैभन्दा बढी हिस्सा ३७.७ प्रतिशत बागमती प्रदेशको रहने अनुमान छ । नेपालको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षको उपभोक्ता मूल्यमा ४.०८ प्रतिशत रहने अनुमान विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

कमजोर कर्णाली

जीडीपीमा सबैभन्दा कम योगदान भने कर्णाली प्रदेश हुने विभागको अनुमान छ ।  यसको  १ खर्ब ७२ अर्ब रुपैयाँ बराबर रहेको छ । यो कुल अनुमानित राष्ट्रिय जीडीपीको ४ प्रतिशत बराबर मात्रै हो । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशका आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

विभागको तथ्यांकअनुसार प्रदेश १ ले कुल जीडीपीको १५.६ प्रतिशत अर्थात ६ खर्ब १२ अर्ब रुपैयाँ बराबर योगदान पुर्याउने अनुमान गरिएको छ । प्रदेश नम्बर २ ले कुल जीडीपीको १३ दशमलव २ प्रतिशत अर्थात ५ खर्ब १९ अर्ब रुपैयाँ बराबर योगदान गर्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको चालु आर्थिक वर्ष ३.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशले राष्ट्रिय जीडीपीको ८.७ प्रतिशत अर्थात ३ खर्ब ७२ अर्ब रुपैयाँ बराबर योगदान गर्ने प्रक्षेपण छ ।

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । सुदूर पश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४ प्रतिशत अनुमान गरिएको छ । चालु आर्थिक वर्षको कुल राष्ट्रिय जीडीपीमा सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत अर्थात २ खर्ब ९४ अर्ब योगदान गर्ने विभागको अनुमान छ ।

गत वर्ष सबै प्रदेश ऋणात्मक

प्रदेश नम्बर १ को जीडीपी वृद्धिदर गतवर्ष १.२ प्रतिशतले ऋणात्मक थियो  । प्रदेश २ यो प्रदेशको जीडीपी वृद्धिदर गत आर्थिक वर्ष १.६ प्रतिशतले ऋणात्मक रहेका थियो भने गण्डकी प्रदेशको जीडीपी वृद्धिदर गतवर्ष १.७ प्रतिशतले ऋणात्मक रहेको थियो । 

लुम्बिनी प्रदेशको गत आर्थिक वर्ष यो प्रदेशको वृद्धिदर १.८ प्रतिशतले ऋणात्मक थियो ।  चालु वर्ष भने राष्ट्रिय जीडीपीमा लुम्बिनी प्रदेशले १४ प्रतिशत अर्थात ५ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको योगदान गर्ने अनुमान गरिएको छ ।

समष्टिगत आर्थिक सुचकमध्ये महत्वपूर्ण सुचक प्रदेशस्तरको कुल गार्हस्थ उत्पादनको अनुमान गर्ने कार्य आर्थिक वर्ष २०७५।७६ देखि शुरु गरिएको हो ।  चालु अािर्थक वर्षको वस्तु तथा सेवाको सुचक तयार गर्दा हालको निषेधाज्ञा १५ दिनको मात्र रहने त्यसपछि क्रमशः सुधार हुदैजाने अनुमा सहित विभागले प्रक्षेपण गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप