गरिबीको मार : काँधमा छोरीको शव बोकेर चिहान खोज्दै बाबु
चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको थियो ।
दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृत्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चिहान खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ ।
उनले भने, ‘मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो । उनको मृत्युपछि शवलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ शवलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।’
यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको शव बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृद्धाको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो । शव बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक