बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जिदानले सिजनको अन्त्यमा रियल छाड्ने

आइतबार, ०२ जेठ २०७८, ०७ : ५४
आइतबार, ०२ जेठ २०७८

जिनेदिन जिदानले २०२०/२१ को सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् । उनले क्लबका खेलाडीलाई यस्तो जानकारी दिएका हुन् ।

रियल म्याड्रिडले गत साता सेभियासँग २–२ को बराबरी खेलेको थियो । उक्त खेल सुरु हुनभन्दा पहिले नै ड्रेसिङ रुपममा खेलाडीहरुलाई जिदानले आफ्नो फैसला सुनाइसकेका थिए ।

जिदानले पद छाड्न लागेको यो दोस्रोपटक हो । यसअघि लगातार तीनपटक च्याम्पियन्स लिग जिताएपछि २०१८ मा पनि उनले म्याड्रिड छाडेका थिए ।

म्याड्रिडले आइतबार ला–लिगामा एथलेटिक बिलबाओ क्लबको सामना गर्नेछ र २३ मेइमा भिल्लारियालसँग प्रतिस्पर्धा गरेपछि यो सिजन अन्त्य हुनेछ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि नै जिदानले क्लब छाड्ने धारणा बनाइसकेका थिए । उनले शारिरीक र मानसिक थकानलाई क्लब छाड्नुपर्ने कारणका रुपमा उल्लेख गरेका छन् ।

जिदानको नाम इटलीको युभेन्टस्सँग पनि जोडिएको छ । खेलाडीका रुपमा युभेन्टस्मा ख्याति कमाएका जिदान क्लबका लागि राम्रो उम्मेदवार हुन्छन् । तर, यसका लागि क्लबका वर्तमान प्रशिक्षक आन्द्रे पिर्लो हट्नुपर्ने हुन्छ । अनि, रियल छाडेलगत्तै जिदान फेरि प्रशिक्षणमा फर्कन्छन् वा फर्कन्नन् भन्ने पनि निश्चित छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप