काँग्रेसले सञ्चालनमा ल्यायो संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा
कांग्रेस कास्कीले कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न असहज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए ।
पोखराको चाउथेबाट आज एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलका प्रबन्ध निर्देशक एवं कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई फोर्स गाडी उपलब्ध गराएका छन् । उनले गाडीको साँचो काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरे ।
एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी