शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा अक्सिजनको चरम अभाव, ६ को मृत्यु

शनिबार, ०१ जेठ २०७८, २० : ३८
शनिबार, ०१ जेठ २०७८

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् ।

 यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप