शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कामको पैसा नदिएको झोँकमा छुरा प्रहार गरेर हत्या

शनिबार, ०१ जेठ २०७८, २० : ३१
शनिबार, ०१ जेठ २०७८

मोरङको लेटाङमा छुरा प्रहार गरेर शुक्रबार राति एक युवाको हत्या गरिएको छ । आपसी विवादका क्रममा दुई जना युवाले छुरा प्रहार गर्दा लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८ः४५ बजेतिर उनीमाथि छुरा प्रहार गरेका हुन् ।

लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गी घाइते भएका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा राति १०ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरी  फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्या गरिएका राई लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे ।

ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राईको हत्यामा संलग्न दर्जी र लिम्बू ट्याक्टरका मजदुर हुन् । उनीहरुलाई राईले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेको र लामो समयदेखि काम गरेको पैसा नदिएपछि  छुरा हानेको प्रहर समक्ष उनीहरुले बयान दिएका छन् ।

पैसाको विषयलाई लिएर दुवै जनाले राईसँग विवाद सुरु गरेको र त्यही विवाद उग्रबन्दै गएर हत्यासम्मको घटनामा परिणत भएको पाइएको जानकारी डीएसपी राईले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप