कोरोना संक्रमितले अस्पताल भरियो, आइशोलेसन रित्तै
नुवाकोट सहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना सङ्क्रमित बिरामीको पहिलो रोजाई त्रिशूली अस्पताल बनेको छ । सङ्क्रमित बिरामीको लागी नुवाकोटका स्थानीयतहले सुबिधा सम्पन्न ओइशोलेसन केन्द्र बनाएपनि त्यहाँका श्ययाहरु खाली छन् ।
बिरामीको रोजाई बनेको अस्पतालमा भने श्यया भरिएर दोश्रो पटक थप गरिएको छ । जिल्लाका मात्र नभई रसुवा र धादिङ स्थित जिल्ला अस्पतालमा उपचाररत सङ्क्रमित बिरामी पनि त्यहाबाट रिफर भएर त्रिशूली अस्पताल आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनको अनुसार बिरामीको चाप बढेसगैँ दोश्रो पटक श्यया थप गरेर उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालमा हाल ५१ सङ्क्रमित उपचाररत छन् । तीमध्ये गम्भीर अबस्थाका छ श्यययाको सघन उपचार कक्ष (आइसियू), चार श्यययाको हाई डिपेन्डेन्सी युनिट (एचडियु) र चार भेन्टिलेटर राखिएको छ । आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी धेरै भएकाले व्यावस्थापनमा समस्या बनेको छ ।
अस्पतालले सङ्क्रमित बिरामीको लागी श्रोत, साधन र जनशक्ति अनुसार ४० श्ययाको आइशोलेसन वार्ड स्थापना गरिएकोमा अपुगे भएसगैँ २० श्यया थप गरेर हाल ६० श्यया पुराइएको छ ।” उनले भने, “दुई पटकसम्म श्यया थपिसकेकाले अब भने नसक्ने अबस्थामा पुगेका छौ ।”
वाग्मती प्रदेश मातहत रहेको ५० श्ययाको अस्पताल हो । अस्पतालले नियमित सेवा सुचारु राख्दै सोहि श्रोत र जनशक्ति मार्फत हाल अतिरिक्त ६० श्ययाको कोभिड वार्ड चलाइरहेको छ ।
कोरोना भाइरसको दोश्रो लहर देखिएसगैँ अस्पतालले ४० श्यययाको कोभिड वार्ड तयार गरेको भएपनि बुधबार र शुक्रबार थप १०÷१० श्यया वृद्धि ६० श्यया पु¥याएको हो ।
सङक्रमितको स्वास्थ्यमा समस्या देखिएसगैँ धेरै बिरामीको रोजाई यही अस्पताल भएसगैँ माग धान्न गाह्रो हुदै आएको डा पाण्डेको भनाइ छ । “भूकम्पपछि पुर्ननिर्माण गरिएको सुविधासम्पन्न भवन रहेको अस्पतालमा आरटी–पिसिआर प्रयोगशाला र आफ्नै अक्सिजन उद्योग समेत भएकाले बिरामीको लागी अस्पतालप्रतिको विश्वास धेरै हुनसक्छ” उनले भने “अबभने स्थानीयतहको आइशोलेसन केन्द्रमा बिरामी ‘होल्ड’ गर्न आग्रह गर्नेछौ ।”
कोरोनाको दोस्रो लहर आएसगैँ जिल्लाका प्रत्येक स्थानीयतहमा व्यवस्थित आइशोलेसन केन्द्र सञ्चालनमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १२ स्थानीयतहले १५ स्थानमा निर्माण गरेको केन्द्रमा अक्सिजन सहितको १८१ श्यया तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।
उनको अनुसार केन्द्रमा चिकित्सक सहितको सुबिधा भएपनि सङक्रमित भने त्रिशूली अस्पतालमा नै भर्ना हुनेदर बढेकाले अब पालिकालाई आ–आफ्नै स्थानका बिरामीलाई सकेसम्म पालिकाभित्रै व्यावस्थापन गर्न भनिएको छ । कोरोना नियन्त्रणको लागि जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा कायम रहेको छ । “कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाको भाइरस पुष्टि भएसगैँ जिल्लाको सबैजसो स्थानीयतहले अति आवश्यक बाहेकका सेवा बन्द गरेर महामारी रोक्न लागेका छन् ।”कार्यालयका सूचना अधिकृत खनालले भने, “कोरोनाको सक्रमितको पहिचानको लागी खोजपड्ताल, स्वाब संकलन, सक्रमितको उपचार प्रभावकारी बनाउन पालिकाले आइशोलेसन केन्द्रमा बिरामी राख्न पहिलो प्रथामिकता दिनुपर्छ ।”
स्थानीयतहको आइशोलेसन केन्द्रमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा उपलब्ध भएपनि कोरोना सक्रमित बिरामी त्रिशूली अस्पतालमा आकर्षित हुदाँ पालिकाको श्यया भने रित्तै छन् । जिल्लामा आइसियू र भेण्टिलेटर सेवा सहित अक्सिजनको ब्यबस्था सहज भएसगै नुवाकोटको बिरामीको लागी यो महामारीमा पालिकाको मात्र नभई काठमाडाैं भन्दा त्रिशूली अस्पताल पहिलो रोजाई बनेको छ । सङ्क्रमितको लागी अस्पतालबाट उपलब्ध सेवा सबै निःशुल्क रहेको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।
कुन पालिकामा कति आइशोलेसन श्यया
विदुर नगरपालिकाले बट्टार स्थित कभर्डहलमा २२ र सिटी कम्युनिटी अस्पतालमा १५ गरी ३७ श्ययाको आइशोलेसन तयार गरेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइशालेसनमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर सहित चिकित्सकको व्यवस्था गरिएको छ । जिल्लाको अर्को नगरपालिका बेलकोटगढीमा कोरोनाको उपचारको लागि ‘कोभिड–१९ अस्थायी अस्पताल’को स्थापना सहित थप २५ श्ययाको आइशोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनको अनुसार अस्पतालमा डाक्टर सहित पाँचजना स्वास्थ्यकर्मीलाई २४ सै घण्टा खटाइएको छ ।
जिल्लाको गाउँपालिकातर्फ लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा पाँच, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा नौ, दुप्चेश्वरमा आठ, पञ्चकन्यामा पाँच र ककनीमा पाँच श्ययाको आइशोलेसन श्यया तयार बनाइएको छ । स्थानीयतहमा हाल १८१ श्यया भएपनि सङ्क्रमित बिरामी भने जम्मा चार जना मात्रै भर्ना भएका छन् ।सङ्क्रमणको लक्षण देखिएकालाई पािलकाको आइशोलेसनमा राख्न सकेमा त्रिशूली अस्पतालमा बिरामीको चाप घटाउन, अति आवश्यक पर्ने बिरामीको लागि श्ययया उपलब्ध गराउन, बिरामीले पनि उपचार सुविधा सहजै पाउने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको भनाइ छ । “त्रिशूली अस्पतालमा दरबन्दी अभावले जनशक्ति कम छन्, त्यसमा पनि आधाभन्दा बढीलाई आफै सक्रमित भएसगैँ कामको दबाब बढी परेको छ ।” उनले भने “स्थानीयतहले बनाएको आइशोलेसनमा खटाइएका जनशक्ति बिरामी पर्खिरहेका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?