बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह खर्च कटाैती गरेर संक्रमितलाई अक्सिजन

शनिबार, ०१ जेठ २०७८, १८ : ५४
शनिबार, ०१ जेठ २०७८


दाङका एक जोडीले विवाह खर्च कटौती गरेर कोरोना संक्रमितकाे अक्सिजनका लागि रकम प्रदान गरेका छन् । घोराही नगरपालिका वडा नम्बर–१८का अविनाश राना र सिर्जना रानाले केही दिन अघि गरिएको विवाहमा खर्च कटौती गरी अक्सिजन खरिद गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

विवाह खर्च कटाइ अक्सिजन खरिदका लागि रकम सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुशी लागेको नवविवाहित जोडीको भनाइ छ । राना र कुँवर बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य मापदण्ड अपनाइ विवाह भएको थियो । नव विवाहित जोडीले प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारी, निर्देशक डाक्टर प्रज्ञा बस्नेत, कायममुकायम रजिस्ट्रार झङ्कार लामिछानेलाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।

उपकुलपति भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिँदै विवाहित जोडीलाई सफल दाम्पत्य जीवनका लागि शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप