सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु
कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दगोरीया २ कैलालीका ४० बर्षीया पुरुष, गोदावरी १० कैलालीका ५८ बर्षीया महिला, गोदावरी १ कैलालीका ४१ वर्षिया पुरुष, धनगढी ५ कैलालीका ५३ बर्षीया पुरुष, दशरथचन्द ४ बैतडीका ३६ बर्षीया पुरुष र गोदावरी १० कैलालीका ६४ बर्षीया पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ३५ नमुनाको परीक्षण गर्दा ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हाल सो अस्पतालको भेन्टीलेटरमा १, आईसीयुमा १४, अक्सिजनको सपोर्टमा ९० र अन्य सामान्य अवस्थाका २० जना उपचाररत छन् ।
यस्तै इमर्जेन्सी वार्डमा २१ पुरुष र ८ महिलाको पनि उपचार भईरहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल