शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधि होडमा कहाँ चुक्यो बार्सिलोना ?

शनिबार, ०१ जेठ २०७८, ११ : ०९
शनिबार, ०१ जेठ २०७८

बार्सिलोनाले यस सिजन धेरै गल्तीहरु ग¥यो । पछिल्ला चार खेलबाट केवल ५ अंक मात्रै बटुल्यो । यही गल्तीको मुल्य भारी बनेको छ । ला–लिगाको शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिड अन्तिम दुई खेल बाँकी छँदा तेस्रो स्थानको बार्सिलोनाभन्दा चार अंकले अघि छ । त्यस्तै, दोस्रो स्थानको रियल म्याड्रिड दुई अंकले अघि छ । अब बार्सिलोनाले उपाधि जित्न आफुले जितेर मात्र पुग्दैन, एथलेटिको र रियल पनि हार्नुपर्ने हुन्छ । त्यसैले, गणितीय रुपमा उपाधिको संभावना कायम रहेपनि व्यवहारिक रुपमा यो लगभग समाप्त भइसकेको छ । यस सिजन बार्सिलोना कमजोर हुनुका कारण यसप्रकार छन् । 

थकान 
समय बढ्दै जाँदा बार्सिलोनाका खेलाडीहरु पनि थकित देखिन्थेँ, यो कुरालाई रोनाल्ड कोम्यानले पनि स्विकारेका छन् । 

फालिएको अवसर 
बार्सिलोनासँग अंकतालिकाको शीर्ष स्थानमा पुग्न तीनपटक  अवसर आएको थियो । तर, कुनै पनि अवसरको सदुपयोग हुन सकेन । एथलेटिको म्याड्रिडविरुद्धको खेल सबैभन्दा ठूलो अवसर थियो । तर, उक्त खेलमा जित हासिल गर्न असफल हुँदा बार्साको उपाधि आशा समाप्तीतर्फ गयो ।

मानसिकता र तिव्रता 
लेभान्टेविरुद्ध टोलीको मानसिक थकान देखिन्थ्यो । यस्तै कारणले बार्सिलोनाले धेरै खेल बिगारेको छ । 

चोट 
बार्साका लागि यो सिजन सहज पनि थिएन । अन्सु फाती, फिलिपो काउटिन्हो, सर्जी रोबर्टो, जेरार्ड पिके र रोनाल्डो अराउजोले यो अभियानमा महत्वपूर्ण खेलहरु गुमाइसकेका छन् । 

गोल खाने क्रम
बार्सिलोना प्रायजसो सिजनको अन्त्यमा उत्कृष्ट देखिन्छ । तर यसपटक त्यस्तो भएन । उसले ३६ खेलमा ३६ गोल खाइसकेको छ । उपाधिको दाबेदारका लागि यो अत्याधिक हो ।

व्यक्तिगत गल्ती 
क्लेमेन्ट लेङलेट, स्यामुयल उमटिटीलगायत धेरै खेलाडीहरूले सामान्य गल्तीहरु गरे । यो मुल्य धेरै हुन गयो ।  

प्रभावकारिता 
धेरै अवसरमा खेलाडीहरु गोल गर्न चुकेको कोम्यानकै गुनासो छ । लिगमा बार्सिलोना ७ पटक त पेनाल्टीमै चुकेको छ ।

मुस्किलले परिवर्तन 
कोम्यानले उही खेलाडीहरूको समूहलाई धेरैजसो खेलमा उतार्छन् । थोरैमात्र नयाँ खेलाडीलाई मैदानमा देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप