सिरहामा तीन हप्ताका लागि निषेधाज्ञा थप
सिरहा । सिरहामा आज राति १२ बजेबाट लागू हुनेगरी तीन साताका लागि निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि साढे ९ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ ।
अहिलेसम्म सिरहामा ३ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ४६ जना निको भइसकेका छन् भने २० जनाको मृत्यु भइसकेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा