बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ २ मा फर्किएर समस्या समाधान खोज्ने सहमति भयो: गोकर्ण विष्ट

शुक्रबार, ३१ वैशाख २०७८, २३ : २३
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको छ । शुक्रबार साँझ सिंहदरबारमा भएको छलफलमा नेताहरुबीच उक्त सहमति भएको हो ।  एमाले नेता गोकर्ण विष्टले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित अन्य नेताहरुबीचको छलफलमा सो सहमति भएको बताएका छन् ।

नेता विष्टले छलफल सकिएलगत्तै सामाजिक सञ्जालमार्फत नेताहरुबीचको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको जनाएका छन् । विष्टले लेखेका छन्- ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधवकुमार नेपालसहित अन्य नेताहरुबीचको आजको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भयो ।’  झण्डै तीन घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप