शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाजामा इजरायलले बढायो आक्रमण, मर्नेको संख्या १ सय १९ पुग्यो

शुक्रबार, ३१ वैशाख २०७८, २२ : ३३
शुक्रबार, ३१ वैशाख २०७८

एजेन्सी । इजरायलले गाजामा आफ्नो आक्रमण तेज बनाएको छ । यता, प्यालेस्टाइनी मिलिसियाहरूले पनि पाँचौ दिन इजरायलमाथि रकेट हमला गर्न जारी राखेका छन् ।  गत सोमबारदेखि सुरु भएको लडाँइयता गाजापट्टीमा झन्डै १ सय १९ जना मारिसकेका छन् । यस अवधिमा इजरायलमा आठ जनाको मृत्यु भएको छ । 

शुक्रबारको हमलामा एयर फोर्स र स्थल सेना संलग्न रहे पनि गाजापट्टीमा प्रवेश नगरेको दाबी इजरायली सेनाले गरेको छ । यद्यपी, गाजा शहरको भिडियोमा रातको समय आकाशमा ईजरायलतर्फबाट आक्रमण गरिएको देखिएको छ । 
यही समय इजरायलभित्र यहुदी र इजरायली अरब दस्ताबीच लडाइँ चलिरहेको छ । जसकारण इजरायलका राष्ट्रपतिले गृहयुद्धको चेतावनी दिएका छन् । रक्षामन्त्री बेनी गेन्टस्ले आन्तरिक शान्तिलाई मत्थर गर्नका लागि ठूलो रुपमा सुरक्षाबलको सुदृढीकरण गर्न आदेश दिएका छन्, त्यसयता ४ सयभन्दा धेरैलाई गिरफ्तार गरिसकिएको छ । 

प्रहरीले यस समस्याका लागि इजरायल अरब जिम्मेवार रहेको जनाएको छ । यहुदी युवाहरुको गिरोहले अरबको घरमा निशाना साँध्दा मौन बसेको आरोप प्रहरीमाथि लागेको थियो, यस आरोपको पनि प्रहरीले खण्डन गरेको छ । 
सन् २०१४ यता यससाता गाजा र इजरायलमा सबैभन्दा ठूले हिंसा देखियो ।

पूर्वी जेरुसलेममा हप्तौंदेखि बढेको तनावपछि यो अवस्था सिर्जना भयो, यस तनावका कारण मुस्लिम र यहुदी दुबैले पवित्र स्थल मान्ने गरेको क्षेत्रमा हिंसा निम्तिएको थियो । गाजामा आफ्नो शासन चलाएको सैन्य संगठन हमासले इजरायललाई यस क्षेत्रबाट फर्कन अल्टिमेटम दिए पनि इजरायलले उक्त चेतावनीको बेवास्ता गरेपछि उसले रकेट प्रहार गर्न थालेको थियो । त्यसको बदलामा इजरायलले पनि हवाई हमला सुरु गर्यो । जसको मारमा स्थानीय परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप