शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै पार्टीका नेताहरुलाई उपेन्द्र यादवको प्रश्न– प्रधानमन्त्री ओलीले मधेसका के-के माग पूरा गरिदिए ?

शुक्रबार, ३१ वैशाख २०७८, २० : ४३
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनतालाई भ्रममा पारेको दावी गरेका छन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीबाट मधेसका माग पूरा भएको र अन्य मागसमेत पूरा गर्न लागेको प्रतिकृया दिइरहेको बेला अर्का अध्यक्ष यादवले मधेसका के के माग पूरा भए भन्नेबारे प्रस्ट पार्न चुनौतीसमेत दिएका छन् ।

उनले मधेसका माग १२ बुँदामा लिपिबद्ध गर्दै तीमध्ये प्रधानमन्त्री ओलीले कुन कुन माग पूरा गरे भन्नेबारे प्रस्ट पार्न मधेसी नेताहरुलाई चुनौती दिएका हुन् । अध्यक्ष यादवले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नु पर्छ कि यीमध्ये कुन कुन माग पूरा गरिदिए ? नत्र झुठो बोली मधेसीहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् ।’

यी हुन् उपेन्द्र यादवले प्रस्तुत गरेका बुँदा

१. आत्मनिर्णयको अधिकारका साथै स्वायत्त मधेस प्रदेशसहित पहिचानमा आधारित (१०+१) प्रदेशको स्थापना ।

२. समानुपातिक निर्वाचन प्रणाली ।

३. शासन–प्रशासन, न्यायपालिका, सेना, प्रहरी, कर्मचारीतन्त्र आदिमा सामुदायिक/जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।

४. सरकारी कामकाजी भाषामा समान–बहुभाषिक नीति ।

५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।

६. दलित, महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको व्यवस्था ।

७. राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा र अवसरमा समान पहुँचको प्रत्याभूति ।

८. वर्ग, वर्ण, लिङ्ग, जात÷जातिका आधारमा हुने शोषण, उत्पीडन र विभेदको अन्त्य ।

९. नागरिकता समस्याको समाधान ।

१०. जल, जङ्गल र जमिनमाथिको अधिकार ।

११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरूको समाधान ।

१२. मधेस र थरूहट आन्दोलनको दौरान लगाइएका मुद्दाहरुको खारेजी, रेशम चौधरीलगायत सम्पूर्ण राजबन्दीहरुको रिहाई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप