सुदूरपश्चिममा कोरोनाबाट थप ३० जनाको मृत्यु
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ८, कैलालीका १२, डडेल्धुराका ३, डोटीका १, दार्चुलाका २, बझाङका १, अछामका २ र बाँके जिल्लाका एकजना छन् ।
योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४३० जनामा एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि हुनका साथै १५ जनाको मृत्यु भएको छ भने १ हजार ५७६ जनाको पीसीआर परीक्षण गर्दा ८७५ जनामा कोरोना पोजेटिभ पुष्टि भई १५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
प्रदेशमा हालसम्म ३४ हजार ४८ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ हजार ६४० जना संक्रमित फेला परेका छन् भने १४९ जनाको मृत्यु भएको उनले बताए । यस्तै, १ लाख ५९ हजार २६६ मा पीसीआर परीक्षण गर्दा २३ हजार ७९३ जनामा पोजेटिभ देखिएको र १६८ जनाको मृत्यु भएको कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण