शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमै छ अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा, वात्सल्य बन्दैछ निःसन्ताका लागि आशाको किरण

शुक्रबार, ३१ वैशाख २०७८, १९ : १४
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । निःसन्तानहरुका लागि सन्तान प्राप्तिको सहज माध्यमको रुपमा विकास भएको आईभीएफ पद्धति नेपालमा पनि निकै चर्चित हुन थालेको छ । सन्तान प्राप्तिका लागि आईभीएफ पद्धति भित्र्याएर सहयोग गर्दै आएको वात्सल्यले नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा दिँदै आएको जनाएको छ । निःसन्तानका लागि आशाको किरण बन्दै आएको छ वात्सल्य ।

वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदी निःसन्तान हुनु एकदमै असहज अवस्था भएको र यसमा उपचारका साथै भावनात्मक सहयोग को पनि उतिकै भूमिका रहने बताउँछन् । दम्पतीमा भएको निराशालाई सकारात्मक सोचमा रुपान्तरण गर्नुपर्ने भएकाले वात्सल्यले यो भूमिका निर्वाह गरिरहेका उनले बताए । 

वात्सल्यमा शुरुवात देखि नै अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उच्चस्तरीय ल्याब, अन्तर्राष्ट्रिय अनुभव भएका प्रजनन विशेषज्ञ, जनशक्ति र क्लिनिक भित्रकै सुविधाले पनि सहज अनुभव गराउन उचित वातावरणको निर्माणमा विशेष जोड दिएको सुवेदीले बताए । 

 वात्सल्यमा आईभीएफ उपचार गराएर सफलता प्राप्त गरेकी पुनम थापाले पनि आफू पहिलो पटक वात्सल्य आउँदा विदेशमै आएको जस्तो अनुभव भएको बताइन् ।

वात्सल्यमा निःसन्तान सम्बन्धि सम्पूर्ण उपचार (निःसन्तान हुनुको कारण पहिचान र जाँच, निःसन्तान उपचार जस्तै आईयूआई, आईभीएफ, आईसीएसई, प्रसुतिपूर्वका सम्पूर्ण जाँच, फर्टिलिटि फ्रिजिंग, बालरोग उपचार) प्राप्त गर्न सकिन्छ । हालसम्म वात्सल्यबाट आईभीएफ मार्फत् १५०० भन्दा बढी, आईयूआई मार्फत् ३०० भन्दा बढी र प्राकृतिक रुपमा ४५० भन्दा बढी दम्पतिले सफलता प्राप्त गरिसकेका छन् ।

एउटा आईभीएफ चक्र सफलता पूर्वक पूरा हुन शुरुमा गरिने जाँच (अल्ट्रासाउण्ड, टीभीएस, होर्मोनल जाँच आदि) राम्ररी गरिनुपर्छ । उचित निदान पश्चात डिम्ब विकासको प्रक्रिया शुरु गरिन्छ । डिम्ब विकासको ट्रयाक राम्ररी राख्नुपर्छ र उचित समयमा, उपयुक्त प्रविधिको प्रयोग गरेर डिम्ब सङ्कलन गरिन्छ र ल्याबमा कल्चर गरिन्छ । यहाँ डिम्बको गुणस्तर निर्धारण, संरक्षण, निषेचन र भ्रूणको निर्माण तथा विकास गरिन्छ । यसमा इम्ब्रोयोलोजिस्ट र ल्याबको क्षमताले ठूलो भूमिका खेल्छ । वात्सल्यमा भएको राम्रो व्यवस्थापन, प्रजनन विज्ञको समूह, उच्चस्तरीय ल्याब तथा संसाधन को कारण नै उच्च सफलता दर हासिल हुन सम्भव भएको वात्सल्यबाट सेवा लिएकाहरु बताउँछन्।

हिजो असम्भव ठानिएका कुराहरु आज सम्भव भइरहेका छन् । त्यसैले आईभीएफ सम्बन्धिको सामाजिक भ्रममा अल्झिनुभन्दा चिकित्सकको सल्लाह लिनु रआधुनिक चिकित्सा प्रणालीद्वारा सन्तान प्राप्ति अब नेपालमै सम्भव भएको वात्सल्यले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप