शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या

शुक्रबार, ३१ वैशाख २०७८, १८ : ३८
शुक्रबार, ३१ वैशाख २०७८

सुर्खेत । दैलेखमा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । शुक्रबार दिउँसो १ बजेको समयतिर  डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले  आफ्नै सहोदर बुवा वर्ष ४७ को नकुल बुढालाई टाउकोको पछाडि र ढाडमा बन्चरो प्रहार  गरेका थिए । 

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। उक्त घटनाको अनुसन्धानका लागि माथिल्लो डुङगेश्वरको प्रहरी टोलीले विकासलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजीत सुनारका अनुसार नकुल मदिरा सेवन गरेर श्रीमतीलाई कुट्ने गर्दथे ।  आमाले छोरालाई तेरो बुबाले मलाइ यसो गरे भन्दा रिसको आवेगमा आएर छोराले बञ्चरो प्रहार गरेको बुझिएको छ । यसबारे थप अनुसन्धान हुँदैछ’ उनले रातोपाटीलाई भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप