नयाँ सरकार : २२ मन्त्री र तीन राज्यमन्त्री, कसलाई के जिम्मेवारी ?
शुक्रबार, ३१ वैशाख २०७८, १७ : ४८
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सभाः हिउँदे अधिवेशनको सुरुवातमै आरोप–प्रत्यारोप
-
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
-
टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता
-
सहकारी अध्यादेशका केही बुँदा संशोधन गर्न एमालेको माग
-
कर्णाली प्रदेश सभा : लेखा समितिले निर्देशन अटेर गर्ने मन्त्रालयसँग फेरि माग्यो विवरण
-
न्यायालय, न्यायाधीश र वकिलप्रति सकारात्मक छैन आम मानिसको धारणा