बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा पुरुषको शव फेला

शुक्रबार, ३१ वैशाख २०७८, १६ : ४०
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । बिहीबार साँझ फेला परेको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ ।

रोशी गाउँपालिका–१ घर भएका चन्द्र ललितपुरको महालक्ष्मी स्थान नजिकै बस्दै आएका थिए । स्वास्थ्यमा समस्या भएको भनेर उनले परिवारलाई फोनबाट जानकारी गराएको बताइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप