बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ३१ वैशाख २०७८, १६ : १२
शुक्रबार, ३१ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा शुक्रबार थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १ सय ४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४५ जना महिला र ५५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका २ जनासहित कैलाश गाउँपालिकाका १ जना, बकैया गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना, र हेटौंडा उपमहानगरपालिकाका १ सय १ जनामा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

त्यस्तै संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का १० जना महिला र १३ जना पुरुष गरी २३ जना रहेका छन् ।  वडा गत रुपमा हेटाँैडा–१ का ८ जना, हेटौँडा–२ का ६ जना, हेटाँैडा–४ का ७ जना, हेटौँडा–६ का ३ जना, हेटौँडा–७ का ४ जना, हेटौँडा–८ का ६ जना, हेटौँडा–९ का १३ जना, हेटौँडा–१० का ६ जना, हेटौँडा–११ का ८ जना, हेटौँडा–१५ का ४ जना, हेटौँडा–१७ का २ जना, हेटौँडा–१८ का ३ जना, हेटाँैडा–१९ का १ जना र हेटौँडा वडा खुल्न नसकेका ७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ७६ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप