शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण छोरा रणबीरसँग बस्दिनन् नीतू कपुर, अभिनेत्री आफैंले गरिन् खुलासा

शुक्रबार, ३१ वैशाख २०७८, १३ : ३२
शुक्रबार, ३१ वैशाख २०७८

बलिउड अभिनेत्री नीतू कपुरले हालै दिएको अन्तरवार्तामा थुप्रै मुद्दाबारे कुराकानी गरेकी छिन् । उनले आफू आफ्ना बच्चाहरुसँग नभई एक्लै बस्ने पनि बताइन् । अभिनेत्रीले आफ्ना बच्चाहरु आफ्नो जीवनमा सेटल भएको हेर्न चाहेको बताइन् । स्मरण रहोस्, अघिल्लो वर्ष ऋषि कपुरलाई गुमाएकी नीतू एक्लै बस्ने गर्छिन् ।

नीतू भन्छिन्, ‘मेरो भन्नुको अर्थ यो हो कि मेरो मनमा बस । मेरो टाउकोमा नचढ । जब महामारीका बेला जब रिद्धिमा मसँग एक वर्ष बसिन् तब म असाध्यै तनावमा थिएँ किनभने उनी फिर्ता जान सकेकी थिइनन् । म असाध्यै बेचैन हुँन्थेँ  । म उनलाई ‘तिमी जाउ, भरत एक्लै छन्’ भन्थेँ । म साँच्चै नै उनलाई टाढा पठाउन चाहन्थेँ किनभने मलाई मेरो प्राइभेसी मनपर्छ र मलाई यस्तै जीवन बाँच्ने बानी परिसक्यो ।’

नीतूले भनिन्, ‘जब रिद्धिमा पढ्न लण्डन गइन् तब म असाध्यै रोएकी थिएँ । यदि कसैले उनलाई भेटेर गुडबाइ भन्यो भने पनि मलाई असाध्यै रुन मन लाग्थ्यो । तर थुप्रै वर्षपछि रणबीर जाँदा मलाई रुन मन लागेन ।’

उनले भनिन्, ‘यो देखेर रणबीरले मलाई ‘आमा, तपाईंले मलाई माया गर्नुहुन्नँ’ भन्थ्यो । तर यस्तो होइन, त्यतिबेला मैले आफ्नो जीवनमा बच्चाबिना बस्न सिकिसकेकी थिएँ । त्यसैले जब पुनः त्यस्तै भयो तब म तयार थिएँ । मलाई लाग्छ कि जब उनीहरु विदेशमा थिए तब मैले एक्लै बस्न सिकेकी थिएँ ।’

नीतू थप्छिन्, ‘उनीहरुको आफ्नै जीवन छ । उनीहरु आउँदा मलाई राम्रो लाग्छ तर उनीहरु आफ्नो घर जाउन् भन्ने म चाहन्छु । म उनीहरुलाई भन्छु कि मलाई दिनदिनै नभेट तर सम्पर्क भने आउ । उनीहरु सधैंभरी मेरो वरिपरी नै होउन् भन्ने म चाहन्नँ । म निकै आत्मनिर्भर छु । मलाई यस्तै जीवन मनपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप