बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सामा आज १६५ सङ्क्रमित फेला

शुक्रबार, ३१ वैशाख २०७८, १३ : १५
शुक्रबार, ३१ वैशाख २०७८

पर्सा । यहाँ आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । 

सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए । भेटिएका सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता लक्षण रहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप