सुटिङ रोकेर ‘प्रेमगञ्ज’को युनिट फर्कियो काठमाडौं

फिल्म ‘प्रेमगञ्ज’को युनिट काठमाडौं फर्किएको छ । काभ्रेको कात्तिके देउरालीमा वैशाखको पहिला सातादेखि छायाँकनमा रहेको फिल्म युनिट लकडाउन लम्बिएको कारण सुटिङ रोकेर अहिले काठमाडौं फर्किएको हो ।
अहिलेसम्म फिल्मको ६० प्रतिशत छायाँंकन सकिएको निर्माण युनिटले जनाएको छ । फिल्मको बाँकी छायांँकन कोरोना महामारीको प्रभाव कम भएर निषेधाज्ञा हटेपछि हुनेछ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । प्रेम कथामा निर्माण भएको फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, रश्मी भट्ट, नरेश पौडेल, तेज गिरी, रामबाबु रेग्मी, गीता अधिकारी, पवन भट्टराई, संजोग रसाईली, गित बिष्ट, राईडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, अन्चित ढुङ्गाना लगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको फिल्मका निर्माता राजु फुयाँल हुन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाकर्मीको संयमताले ठुलो मानवीय क्षति हुन पाएन : गृह मन्त्रालय
-
राजावादीको आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु
-
पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान
-
...अनि राजावादीको प्रदर्शनमा हिंसा भड्कियो
-
सिरहामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा छाड्न आदेश
-
पत्रकार सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न समाजवादी प्रेस संगठनको माग