शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित महोत्तरीबाट १ जना पक्राउ

शुक्रबार, ३१ वैशाख २०७८, १० : १०
शुक्रबार, ३१ वैशाख २०७८

महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् ।

ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चार बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो पोक्सिभोन बरामद गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

लागु औषध मुद्दामा म्याद लिएर आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप