शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सबै मन्त्री पदमुक्त, शुक्रबार मन्त्रिपरिषद विस्तार हुने

बिहीबार, ३० वैशाख २०७८, २२ : ४७
बिहीबार, ३० वैशाख २०७८

काठमाडौंँ । संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् ।

ओली तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्न नसक्दा पदमुक्त भएका थिए । त्यसयता उनकै नेतृत्वमा काम चलाउ सरकार रहे पनि बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उनले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।

तर उनको नेतृत्वमा रहेको सरकारमा कसैलाई मन्त्री नियुक्त गरिएको छैन । स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले सपथ लिँदै मन्त्रिपरिषद विस्तार गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप