बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्ल्डलिंकका सञ्चालक जलानको कोभिड–१९ संक्रमणका कारण मृत्यु

बिहीबार, ३० वैशाख २०७८, १३ : ३६
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जालानको कोभिड–१९ संक्रमणका कारण बिहिबार निधन भएको छ । कम्पनीको संस्थापक समेत रहेका जालानको बिहीबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

करिब दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका भएपछि परिक्षण गराएका जालानको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । सोही उपचारकै क्रममा बिहीबार विहान उनको मृत्यु भएको हो । जालान ४७ वर्ष उमेरका थिए ।

जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक थिए, जसले इन्टरनेट सेवा प्रदायक संस्थालाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउन योगदान दिएका थिए । जालानको आकस्मिक निधनलाई वर्ल्डलिंकले अपूरणीय क्षति भएको जनाएको । ‘वर्ल्डलिंकलाई युगान्तकारी र ग्राहक सेवामा समर्पित संस्थाका रूपमा विकास गर्नमा उहाँको दूरदृष्टि, मार्गदर्शन र सक्रिय सहभागिताको अहम भूमिका रहँदै आएको थियो, आउँदा दिनमा वर्ल्डलिंक परिवारलाई जसको अभाव अत्यधिक हुनेछ,’ वर्ल्डलिंकले भनेको छ ।

जालान इनटरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिती सदस्यसमेत थिए । उनी जलेश्वरनाथ विकास समाजका अध्यक्ष हुनुहन्थ्यो साथै लोककल्याणकारी कार्यहरु र सामाजिक सेवाका क्षेत्रमा पनि सुपरिचित थिए । राधेराधे र मानव सेवा आश्रमसँगै कैयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा उनी सदैव क्रियाशील थिए । व्यवसायमा अत्यधिक कुशाग्रता, व्यावहारिक दृष्टिकोण एवं सहयोगी र सदाचारी स्वभावका लागि उनलाई चिन्नेजान्नेहरूलाई उनको ठूलो अभाव महसुस हुने वल्ल्डलिंकले जनाएको छ । 

कम्पनीले उनका वुवा वुद्धदेव जालान, दाजुहरु अनिल जालान, अरुन जालान, श्रीमती अनुपा जालान र छोरा अश्विन जालानप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप