शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा अक्सिजन बैंक सञ्चालन हुने

बिहीबार, ३० वैशाख २०७८, ११ : २६
बिहीबार, ३० वैशाख २०७८

अक्सिजन अभावकै कारण कयौं बिरामीले ज्यान गुमाइरहेका बेला झापामा अक्सिजन बैंक सञ्चालन हुने भएको छ । 'एकका लागि एक' अभियानले अक्सिजन बैंक सञ्चालन गर्न लागेको हो ।

अक्सिजन तथा भेन्टिलेटरको अभावमा राजधानी लगायत देशका अन्य स्थानहरूबाट हेलिकप्टर मार्फत बिरामीहरु झापाका अस्पतालमा ल्याउन थालिएपछि झापामा समेत अक्सिजनको अभाव हुने देखिएको छ । अक्सिजन अभाव कै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले अभियानले अक्सिजन बैंक सञ्चालन गर्न लागेको अभियानका संयोजक महेन्द्र गिरिले बताए । 

अभियानले शुरुमा चार सय वटा सिलिन्डरबाट बैंक शुरु गर्ने र आवश्यकता अनुसार थप गर्दै लैजाने उनले जानकारी दिए । महामारीको अवस्था यस्तै रहिरहे भविष्यमा अक्सिजन प्लान्ट नै स्थापना गर्ने सम्मको दुरगामी योजना रहेको गिरीले रातोपाटीलाई बताए । 
अभियानले एक ब्यक्ति एक सिलिन्डर सहयोग अभियान शुरु गरेको र करिब ६० लाख लागतमा बैंक स्थापना गर्न लागेको गिरीको भनाई छ । अभियानसँग २० लाख रुपैयाँ बचत रहेको र ४० लाख रुपैयाँ सहयोगका लागि बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरूसँग आह्वान गरिएको संयोजक गिरीले बताए । 

अभियानले चाँडै बैंक सञ्चालन गर्ने र बैंकमा उपलब्ध भएका सिलिन्डर संचालन खर्च मात्र लिएर आइसोलेसनमा रहेका बिरामी तथा अस्पतालहरुलाई उपलब्ध गराउने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप