एथलेटिको म्याड्रिडको उपाधि दौड बलियो
रियल सोसिडाडमाथि २–१ को जित निकाल्दै एथलेटिको म्याड्रिडले स्पेनिस ला–लिगा फुटबलको उपाधि दौड बलियो बनाएको छ । लिगमा बाँकी रहेका दुई खेल जित्ने हो भने उपाधि एथलेटिकोको हुनेछ ।
अहिलेसम्म ३६ खेलबाट ८० अंक बटुल्दै एथलेटिको शीर्ष स्थानमा छ । ३६ खेलबाट ७६ अंक बटुलेको बार्सिलोना दोस्रो र ३५ खेलबाट ७५ अंक बटुलेको रियल म्याड्रिड तेस्रो स्थानमा छन् । त्यस्तै, चौथो स्थानको सेभियाको ७० अंक छ ।
एथलेटिकोले घरेलु मैदानमा सोसिडाडलाई निकै दबाबमा राखेपनि गोल भने धेरै गर्न सकेन । यान्निक कारास्कोले १५ औं गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा एन्जेल कोरेराले गोल गर्दा एथलेटिकोले अग्रता दोब्बर पारे । डिएगो सिमोनीको प्रशिक्षणमा रहेको एथलेटिकोले खेलमा त्यसपछि पनि लगातार अवसर सिर्जना ग¥यो ।
एथलेटिकोलाई उपाधितर्फ अग्रसर गराउने क्रममा मार्कोस लोरेन्टेले पनि निकै उत्कृष्ट खेलेका थिए । तर, लुईस सुआरेजले धेरै अवसरहरू खेलेर फाल्दा एथलेटिकोले आफ्नो अग्रतालाई लम्ब्याउन भने सकेन । यस सिजन ला–लिगामा १९ गोल गरिसकेका सुआरेजले पछिल्ला पाँचवटा लिग खेलमा भने कुनै गोल गर्न सकेका छैनन् ।
खेलको ८३ औं मिनेटमा रियल सोसिडाडका तर्फबाट इगोलर जुबेल्डियाले एक गोल फर्काएका थिए । हारका बाबजुद रियल सोसिडाड ३६ खेलबाट ५६ अंकसहित ला–लिगाको पाँचौ स्थानमा कायमै छ । एक खेल कम खेलेको रियल बेटिस ५४ अंकसहित छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा