बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फियाट् पुन्टो इभो प्योर नेपालमा

आइतबार, २९ असोज २०७४, १६ : १३
आइतबार, २९ असोज २०७४

काठमाडौं–नेपालका लागि विश्वकै सातौं ठूलो अटो निर्माता कम्पनी फियाट् क्रिस्लर अटोमोबाइलको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । 

पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट् ब्रान्डको इन्ट्रि लेभल ह्याचब्याक बनेको छ । नयाँ पुन्टो इभो प्योरमा फियाट्को सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प, क्वालिटी बिल्ड र अतुलनीय अन–रोड डाइनामिक्स जस्ता विशेषता छन् । 

चार सिलिन्डरयुक्त १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको कारले ६००० आरपीएममा अधिकतम ६८ पीएस पावर र २५०० आरपीएममा ९६ एनएम अधिकतम टर्क उत्पन्न गर्छ । नयाँ पुन्टो इभो प्योर फियाट् ब्रान्डको सबैभन्दा सस्तो फाइभ–डोर कार हो । नेपालका लागि यो कारको मूल्य  २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । 

‘पुन्टो इभो प्योरको आगमनले फियाट्को पोर्टफोलियो अझ बलियो बनेको छ । ग्राहकहरुले फियाट्को डिजाइन, स्टाइलिङ र अनरोड डाइनामिक्सलाई सदा प्रशंसा गरेका छन् । ‘अब आकर्षक मूल्यमा गुणस्तर र आधुनिक फिचरले भरिएको युरोपियन ह्याचब्याक खरिद गर्न सक्नु हुनेछ,’ लाइफ अटोमोबाइलका चिफ जेनेरल म्यानेजर सुरज मानन्धनरले भने ।

४५ लिटर क्षमताको फ्युल ट्यांक रहेको नयाँ कारले २०.३ किलोमिटरको माइलेज दिन्छ । एक्जोटिक रेड, बोस्सोनोभो ह्वाइट र हिपहप ब्ल्याक गरी यो कार ३ वटा एक्साइटिङ कलरमा उपलब्ध छ । पर्फेक्ट फेमिली कारको छवि बनाउन सफल पुन्टो इभो प्योर भारतमै उत्पादन गरिएको भए पनि युरोपेली इन्जिनियरिङ मापदण्डलाई पालना गरी बनाइएको हो । हाइड्रोलिक एड्जस्टेबल पावर स्टेरिङले ‘रोड फिल’लाई प्रत्याभुत गर्छ र यसमा बेस्ट इन क्लास ग्राउन्ड क्लेरेन्स (१९५ एमएम) छ जुन नेपाली सडकको अवस्थाका लागि उत्तम छ । 

पुन्टो इभो प्योरको निर्माण गर्दा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । इन्जिन इमोबिलाइजर, क्रम्पल जोन, डबल क्र्यांक प्रिभेन्सन सिस्टम, फायर प्रिभेन्सन सिस्टम, स्मार्ट वाइपर र सेन्ट्रल लकिङ यसका उदाहरण हुन् । 

पुन्टो इभो प्योरको इन्टेरियर पाँच जना यात्रीका लागि पुग्ने गरी निकै स्पेसियस बनाइएको छ । यसको बुट स्पेस पनि निकै ठूलो छ जसले गर्दा यो कार विकेन्डका लागि उपयुक्त बनेको छ । कारमा डिस्ट्यान्स टु इम्प्टी इन्डिकेटर, एभेरेज फ्युल इफिसेन्सी इन्डिकेटर, सिट बेल्ट वार्निङ, डोर अजार वार्निङ, फलो मि हेडल्याम्प, डिजिटल क्लक, डिजिटल ओडोमिटर, डिजिटल ट्रिप मिटर लगायतका सुविधाहरु रहेका छन् । लाइफ अटोमोबाइलले फियाट पुन्टो इभो प्योरमा दुई वर्षको वारेन्टीको व्यवस्था समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप