शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानले भने– ‘राधे’ दर्शकले रुचाए सिक्वेल पनि बनाउँछु’

बुधबार, २९ वैशाख २०७८, १९ : ३७
बुधबार, २९ वैशाख २०७८

मुम्बई । बलिउड सुपरस्टार सलमान खान अभिनित प्रतीक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ बिहिबार अर्थात १३ मेमा थियटर्स र ओटीटीमा एकसाथ रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि सलमानले फिल्म दर्शकले रुचाए भने सिक्वेल पनि बनाउन सक्ने बताएका छन् ।

सलमान पछिल्लो समय फिल्मको प्रचारमा व्यस्त छन् ।  सोही क्रममा उनले फिल्म ‘राधे’ वान्टेडको सिक्वेल नभएको स्पष्ट पारे । ‘फिल्मको एक पात्रको नाम ‘राधे’ हो । उ केरलाको हो र पुलिसवाला हुन्’ सलमानले भने, ‘फिल्ममा कमिटमेन्ट प्रकारको डाइल पनि रहेको छ । त्यो पनि फरक शैलीमा छ ।’

फिल्म ‘वान्टेड’ मा आफु पुलिस भएको र विनोद खन्ना आफ्नो पिता भएको सस्पेन्स रहेको बताएका सलमानले राधेमा केही सस्पेन्स नभएको बताए । ‘फिल्म मनोरञ्जन, राम्रो म्युजिक, शानदार एक्सन र निकै राम्रो प्लटका साथ निर्माण भएको छ’ सलमानले थपे ।

‘राधे : योर मोस्ट वान्टेड भाई’ फिल्ममा सलमान खान, दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्रापको मुख्य भुमिका रहेको छ । फिल्म सलमान खान फिल्मस् र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप