चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक सत्र २०७७/७८ का लागि शुल्क निर्धारण
बुधबार, २९ वैशाख २०७८, १५ : ०७

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७/०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।