कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो
![कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो](https://rpcdn.ratopati.com/media/albums/mahendra-bahadur-shahi_mB5eZCS5Qj.jpg)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो ।
मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् ।
यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।
आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याएका हुन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसी रहेका थिए । राजीनामा दिनेहरु माओवादी केन्द्रकै मन्त्रीहरु हुन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन ।
गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका थिए । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो ।
शाहीले ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’
-
१० बजे १० समाचार : बेलुन पड्किँदा मन्त्री र मेयर घाइतेदेखि सत्तारुढ दलमा सहमितसम्म
-
लेबनानमा आक्रमणमा परेका ढकालले भने– म ठीक छु, आजै नेपाल फर्किँदैछु