मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने
मङ्गलबार, २८ वैशाख २०७८, २३ : २५
भक्तपुर । भक्तपुर, मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा.रविना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।
अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।
अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए ।