कपनमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट
मङ्गलबार, २८ वैशाख २०७८, २२ : ५५
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपन बालुवाखानीमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट गरिएको छ । बालुवाखानीस्थित साप्रेढुंगा नजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया महिलालाई चक्कु हानेर रेमिटबाट १ लाख ४ हजार नगद लुटपाट भएको बताइएको छ । लुटपाटमा संलग्न कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष विष्टलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
लुटमा संलग्न आरोपी कपन नजिकै भंगालमा बस्छन् । चक्कु प्रहारबाट घाइते भएकी रेमिट संचालिकाको भंगाल करुणा अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा