सत्ताका लागि अपवित्र गठबन्धन नबनाउन देउवालाई थापाको सुझाव
राप्रपा अध्यक्ष कमल थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लागि अपवित्र गठबन्धन नबनाउन सल्लाह दिएका छन् । बरु ६ महिनाभित्र नयाँ चुनावमा देशलाई लैजाने गरी वातावरण बनाउनतिर काँग्रेस लाग्नुपर्ने उनको भनाइ छ । सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले काँग्रेस पार्टीकै पनि भलो नहुने बताउँदै उनले यसले प्रजातन्त्र नै विकृत हुने दावी गरेका छन् ।
‘अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर ,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले काँग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ’ थापाले मंगलबार ट्वीटरमा भनेका छन्, ‘निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनावमा गरौं। विगतका त्रुटि कमजोरी हटाऔँ । चुनाव मात्र विद्यमान संकटको समाधान हो।’
उनले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत अहिले कोरोना महामारी विरुद्ध केन्द्रित गर्न पनि आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट