शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपचार अभावमा संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड

मङ्गलबार, २८ वैशाख २०७८, २० : ५४
मङ्गलबार, २८ वैशाख २०७८

उपचार अभावमा एक कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार जनकपुरधाम स्थित कोभिड अस्पतालमा आक्रोशित एक समूहले तोडफोड गरेको हो । संक्रमितलाई भर्ना नगरेको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेको छ ।

उक्त समुहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ । करिब आधा दर्जनको समुहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले बताए ।

यता धनुषा प्रहरीले तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप