सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु
मङ्गलबार, २८ वैशाख २०७८, १९ : ५८
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा ३१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार ३७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८७ जनामा पोजेटिभ रिपोर्ट आएको र तीमध्ये १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५० जनाको पिसिआर परीक्षण हुँदा ७ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यसमध्ये १२ जनाको मृत्यु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव