शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २८ वैशाख २०७८, १८ : २४
मङ्गलबार, २८ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १५६ जनामा गरिएको पीसीआर परिक्षणमा ६३२ जनामा संक्रमण देखिएको हो । मंगलबार प्रदेशका ११ जिल्ला मध्ये मनाङ बाहेक अन्य जिल्लाहरुमा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीमा ३५६ जना, स्याङजामा ८६, पर्वतमा ६०, नवलपरासी पूर्वमा ४५, तनहुँमा ३७ जना रहेका छन् । त्यस्तै गोरखामा २५, म्याग्दीमा ८, लमजुङमा ३, बाग्लुङ र मुस्ताङमा २÷ २ जना रहेका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २४ हजार ५०६ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार १८५ पुगेको छ । प्रदेशमा अहिले ६ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेशका पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण २८८ जनाको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म ५ हजार ८७६ जना होम आइसोलेसनमा बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप